Thursday, June 11, 2026

आजको मिति: २०८३ जेष्ठ २८ ,बिहीबार

  • खेलकुद
  • खेलकुद
  Latest
क्षत्री समाजद्वारा विज्ञ समूह गठन
Next
Prev

नेशनल पिस क्लबको दोस्रो वार्षिकोत्सव, नयाँ वर्ष मेला तथा विविध खेलकुद कार्यक्रम सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

बागलुङ — जैमिनी नगरपालिका–६ अर्जेवा स्थित नेशनल पिस क्लबको दोस्रो वार्षिकोत्सव, नयाँ वर्ष मेला तथा विविध खेलकुद कार्यक्रम सम्पन्न भएको छ।


नयाँ वर्ष २०८३ को अवसर पारेर वैशाख १ गतेदेखि ६ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा खेलकुद, सांस्कृतिक तथा सामाजिक गतिविधिहरू भव्य रूपमा सम्पन्न भएका हुन्।


कार्यक्रमअन्तर्गत पुरुष तथा महिला भलिबल प्रतियोगिता, डान्स आइडल, ज्येष्ठ नागरिक सम्मान, तथा अर्जेवाका चार विद्यालयका आठ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। साथै, विविध सांस्कृतिक कार्यक्रमले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो।


मनोरञ्जनका लागि आमन्त्रित लोकदोहोरी गायक चित्रसागर श्रेष्ठ र गायिका सलिना गुरुङले आफ्नो प्रस्तुतिबाट माहोल अझै उत्साहपूर्ण बनाएका थिए।पुरुष भलिबल प्रतियोगितामा कालुङखोला पैयुँले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ।


आयोजक ‘ए’ द्वितीय, विश्वकर्मा समाज राङखानी तृतीय तथा आयोजक ‘बि’ सान्त्वना स्थानमा रहे। त्यसैगरी, महिला भलिबल प्रतियोगितामा मिलन क्लब जैदी प्रथम र जनप्रिय बोर द्वितीय भएका छन्।डान्स आइडल प्रतियोगितामा रेनिसा केसी प्रथम, परिना केसी द्वितीय र परिसा खड्का तृतीय स्थान हासिल गर्न सफल भए।कार्यक्रम क्लबका अध्यक्ष लाल बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो भने जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा प्रमुख अतिथि रहनुभएको थियो।


कार्यक्रम संयोजक सुजन थापा रहेका थिए भने सञ्चालन अर्जुन थापा मगरले गर्नुभएको थियो।प्रमुख अतिथि हरिहर शर्माले कार्यक्रममा शुभकामना व्यक्त गर्दै यस्ता सिर्जनात्मक तथा सामाजिक कार्यक्रमले समुदायमा एकता र प्रतिभा विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै, यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि नगरपालिकाबाट आवश्यक सहयोग गर्न सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist