Monday, June 1, 2026

आजको मिति: २०८३ जेष्ठ १८ ,सोमबार

  Latest
क्षत्री समाजद्वारा विज्ञ समूह गठन
Next
Prev

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ पत्रकार भुपाल गुरुङलाई

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा । ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङ लाई प्रदान गरिने भएको छ। प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजन मा कार्यरत गुरुङलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो।
पुरस्कारको राशि २५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र रहेको छ। आगामी जेठ २० गते घान्द्रुक मा आयोजना हुने अन्नपूर्ण म्याराथन को समापन समारोहमा उनलाई सम्मान गरिने आयोजकले जनाएको छ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समिति द्वारा स्थापित तथा सञ्चालित उक्त पुरस्कार अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने एक जना पत्रकारलाई हरेक वर्ष जुन ३ अर्थात् अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा प्रदान गरिन्छ।
वि.सं. २०६४ सालदेखि पत्रकारितामा सक्रिय गुरुङ हाल पत्रकारिता विषयमा स्नातकोत्तर अध्ययनरत छन्। उनले गोर्खाली रेडियो, युनाइटेड राष्ट्रिय दैनिक, सगरमाथा टेलिभिजन तथा कान्तिपुर टेलिभिजनमा विभिन्न जिम्मेवारी सम्हाल्दै पत्रकारिता गरेका छन्।
हाल उनी नेपाल पत्रकार महासंघ का जिल्ला सचिव रहेका छन्। पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएबापत उनले क्याप्टेन रुद्रमान स्मृति ग्रामीण पर्यटन पत्रकारिता पुरस्कार–२०७६, टंकदेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कार–२०७८ तथा अन्य विभिन्न सम्मान र पुरस्कार प्राप्त गरिसकेका छन ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist