Sunday, June 21, 2026

आजको मिति: २०८३ असार ७ ,आईतवार

  Latest
क्षत्री समाजद्वारा विज्ञ समूह गठन
Next
Prev

प्रगतिटोलमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न, ३१ युनिट रगत संकलन

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा महानगरपालिका वडा नं. १४ मा रहेको प्रगति नमूना ऋण तथा बचत सहकारी संस्था र प्रगतिटोल नमूना आमा समूहको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।



पोखरा महानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष बोधबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रगतिटोल–चाउथे क्षेत्रका स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा कुल ३१ युनिट रगत संकलन गरिएको आयोजकले जनाएको छ।



कार्यक्रमलाई सम्बोधन गर्दै प्रगतिटोल नमूना आमा समूहकी अध्यक्ष शर्मिला श्रेष्ठले “रक्तदान जीवनदान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै अमूल्य रक्तदान गर्ने सम्पूर्ण रक्तदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस्ता सामाजिक तथा मानवीय कार्यले समुदायमा सहयोग र सद्भावको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।



कार्यक्रम प्रगतिटोल नमूना आमा समूहकी अध्यक्ष शर्मिला श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन प्रगति नमूना ऋण तथा बचत सहकारी संस्थाका अध्यक्ष मनबहादुर भुजेलले गर्नुभएको थियो।



आयोजक संस्थाहरूले रक्त अभाव न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist