Monday, September 28, 2026

आजको मिति: २०८३ आश्विन १२ ,सोमबार

  Latest
पोखरा–१७ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
Next
Prev

महादेव गिरीद्वारा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा, असोज ८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. ३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (युवा तर्फ) पदका लागि महादेव गिरीले उम्मेदवारी घोषणा गर्नुभएको छ।



उम्मेदवारी घोषणा गर्दै गिरीले पार्टी नेतृत्वमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। “नेतृत्वमा युवा, सोचमा नवीनता” भन्ने नारासहित उहाँले संगठनलाई थप सशक्त, गतिशील र कार्यकर्तामैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।



गिरीको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो। २०६४ सालमा कालिका माध्यमिक विद्यालय, कास्कीकोटको नेपाल विद्यार्थी संघ इकाई सचिवबाट उहाँले औपचारिक राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो। विद्यार्थी राजनीतिका क्रममा संगठन निर्माण, कार्यकर्तासँगको सम्बन्ध तथा जनताका समस्या बुझ्ने अवसर प्राप्त भएको उहाँले बताउनुभयो।



यस अवधिमा उहाँले नेपाल विद्यार्थी संघको इकाई सचिव, क्षेत्रीय सभापति, नेपाली कांग्रेस कास्की जिल्ला उपसभापति तथा नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्यका रूपमा विभिन्न जिम्मेवारी निर्वाह गर्नुभएको छ।



पार्टीको संगठनात्मक सुदृढीकरण, युवाको सहभागिता वृद्धि तथा नयाँ सोचसहित कांग्रेसलाई थप प्रभावकारी बनाउने उद्देश्यले आफू उम्मेदवारी मैदानमा उत्रिएको गिरीले बताउनुभयो। उहाँको उम्मेदवारी घोषणापछि क्षेत्रीय तहका कार्यकर्तामाझ चासो बढेको बताइएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist