Saturday, January 18, 2025

आजको मिति: २०८१ माघ ५ ,शनिबार

  • खेलकुद
  • खेलकुद
  Latest
पोखरा महोत्सवमा दर्शकको भीड
Next
Prev

Nepal Premier League को फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस् भिड्ने

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
नेपाल प्रिमियर लिग २०२४: आठ फ्रेन्चाइज टिमसहित नेपाली क्रिकेटको इतिहासकै ठूलो टुर्नामेन्ट


नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मंसिर १५ देखि पुष ६ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने यस प्रतियोगितामा नेपाली क्रिकेट इतिहासमै पहिलो पटक ८ फ्रेन्चाइज टिम सहभागी हुँदैछन्।


लिगमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमान्डु गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोएल्सले प्रतिस्पर्धा गर्नेछन्।


प्रतियोगिता सिंगल राउण्ड रोविन आधारमा खेलाइनेछ, जसमा प्रत्येक टिमले एक-आपसमा खेल खेल्नेछन्। लिग चरणपछि प्लेअफ हुँदै विजेताको घोषणा हुनेछ। लिग चरणमा २८ खेल हुनेछन् भने प्लेअफमा दुई क्वालिफायर, एक इलिमिनेटर, र अन्तिम फाइनल खेल गरी ४ खेल हुनेछ।


उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। एनपीएलको उत्कृष्ट नेपाली खेलाडीलाई ६२ लाख बराबरको ओमोडा ई५ कार पुरस्कारस्वरूप प्रदान गरिनेछ।


नेपाल क्रिकेटको लोकप्रियता र स्तर वृद्धि गर्ने उद्देश्यले आयोजना हुने यस लिगले देशभर क्रिकेटप्रेमीको उत्साह थप्ने विश्वास गरिएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist