✍️ अजय क्षेत्री
पोखरा १३ अन्नपूर्ण टोल विकास संस्थाको तेस्रो साधारण सभा तथा आमा समूह गठन भएको छ । 
टोल विकास संस्थाकी कोषाध्यक्ष रिना गुरुङले आर्थिक वर्ष ०८०/८१को वार्षिक लेखा प्रतिवेदन पेश गरेकि छिन । कार्यक्रम मा संस्थाका अध्यक्ष पुर्ण बहादुर गुरुङले अहिले भईराखेका कार्यहरु र भावि योजाना तथा कार्यक्रम बारेमा बोलेका थिए ।
कार्यक्रममा  प्रमुख अतिथि वडा अध्यक्ष किरण बरालले  संस्थाले  गरेका गतविधिको खुलेर प्रंशसा  गर्दै टोलले भोग्नु परेको बाढिको  समस्या बारे आफू जानकार रहेको र छिट्टै नै समस्याको   समाधान गर्ने  प्रतबिद्धता समेत  ब्यक्त गरे ।
आगामि दिनमा वडाबाट  हुनुपर्ने सहयोग को लागि आफु सधै तत्पर रहको”उनले बताए ” साधारण सभाको अवसरमा टोलका १३३ जेष्ठ नागरकिलाई सम्मान साथै  आजीवन  सदस्यहरुलाई सदस्यता प्रमाणपत्र प्रदान तथा आमासमुह गठन गरिएको  थियो । 
कार्यक्रममा पोखरा १३ वडा सदस्य  सुचिता  तामाङ, सस्थाका सल्लाहकारहरु, हैकमधोज घले, बलिबहादुर गुरुङ, गम बहादुर, अशोक गुरुङ लगायत र उपाध्यक्ष बाबुराम सापकोटाले शुभकामना मनत्वय  राखेका थिए भने सचिव  सन्तोष  गुरुङ ले कार्यक्रम सन्चालन गरेका थिए ।






							



											




