Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

आलु महोत्सवको तयारी पुरा

Share on facebook
Share on twitter
Share on linkedin

✍️श्रीभद्र पौडेल
भोलीदेखि यहि वैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी पुरा भएको छ ।


आयोजक विष्णुपादुका क्लवले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र भोली विहान १० बजे मिलनचोकबाट शोभायात्रा निकालिने जनाएको हो ।

महोत्सवको गण्डकी प्रदेशका कृषि उर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ ।महोत्सवमा प्रतिकिलो रु.३५ मा आलुको कारोवार हुनेछ भने करिव ४० टन आलु बिक्रीवितरण हुने अपेक्षा गरिएको छ ।कुल एक सय २० वटा स्टल रहेकोमा करिव २५ प्रतिशत कृषि  स्टल रहेको महोत्सवका महासचिव बसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकारहरु प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम हुनेछन् ।त्यस्तै पोखरा महानगरपालिका कृषि महाशाखाले कृषक परिचयपत्र पनि वितरण गदैछ ।


महोत्सवसँगै हेमजामा उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार हुने, हेमजालाई व्यवसायिक कृषि पर्यटकीय क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती संचालन गर्न सहयोग तथा अभिप्रेरणा मिल्ने, क्लव भवन, तरकारी संङकलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने लगायतका उद्देश्य पनि राखिएको छ ।


कोरोना भाइसरका कारण विगत ३ वर्षसम्म हुन नसकेको महोत्सवलाई यस वर्षदेखि क्लवले निरन्तरता दिन लागेको हो ।सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने नाराका साथ महोत्सव गर्न लागिएको हो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist