Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

काठमाडौँ वासिलाई फेवा महोत्सवको निम्तो

Share on facebook
Share on twitter
Share on linkedin

यही चैत २९ गतेबाट पोखरामा संचालन हुने तीन दिने १८ औं फेवा नब वर्ष महोत्सवमा सहभागिताका लागि होटल संघ पोखरा नेपालले काठमाडौंवासिलाई निमन्त्रण प्रदान गरेको छ ।


संघले हालै काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली संस्कृतिको संरक्षण गर्दै नयाँ बर्षलाई धुमधामका साथ मनाउन लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्म आयोजना हुने महोत्सवमा भाग लिन राजधानीवासीलाई आग्रह गरेको हो । पर्यटन, संस्कृति र खानालाई जोड दिएर आयोजना हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सो अवसरमा जानकारी दिइयो ।


संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले महोत्सवका अवसरमा प्रकाशित दररेटमा संघ अन्तर्गतका होटलले २० प्रतिशत छुटको समेत घोषणा गरेको जानकारी दिए । नेपाली नयाँ वर्ष महोत्सवले कोभिड– १९ पछि सुस्ताएको पर्यटनलाई पुनरुत्थान गर्दै लयमा ल्याउने अपेक्षा अध्यक्ष सुवेदीले व्यक्त गरे । अहिले पोखरामा होटलको अकुपेन्सी ८० देखि ९० प्रतिशत हुनुपर्नेमा मुश्किलले ३० प्रतिशत रहेको उनले सुनाए ।

company business annual report brichure template design

पृथ्वी राजमार्गको सुस्त र अव्यवस्थित स्तरोन्नती तथा गत माघ एक गते पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाले पोखराको पर्यटन सुस्ताउन पुगेको जानकारी पनि उनले दिए । सन् २०२० मा भ्रमण बर्ष मनाउने नाममा सरकारले व्यवसायीलाई होटल क्षेत्रमा लगानी थप्न उक्साउँदा अहिले व्यवसायी समस्यामा परेको गुनासो पनि उनले गरे । यसैगरी बैंकले पनि ऋण लिन जोडबल गर्दा र सात प्रतिशतको व्याज अहिले मनोमानी रुपमा १६ प्रतिशत पुर्याउँदा होटल क्षेत्र मारमा परेको अध्यक्ष सुवेदीले बताए ।


होटल संघ नेपालका द्वितीय उपाध्यक्ष प्रवीणवहादुर पाण्डेले पोखरालाई साहसिक पर्यटनको राजधानीको रुपमा विकास गरिनुपर्ने सुझाव राखे । पर्यटन व्यवसायले विदेशी मुद्रा भित्र्याउन मद्दत गर्ने स्मरण गराउँदै उनले यो क्षेत्रलाई उद्योग सरहको मान्यता सरकारले दिनुपर्ने माग राखे । पर्यटनको विकास भयो भने अन्य धेरै क्षेत्र लाभान्विन हुने पनि उनले बताए ।


संघका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष भरतराज पराजुलीले कला र संस्कृतिको जगेर्ना नै फेवा महोत्सवको मूल उद्धेश्य भएको बताए । नेपाली परम्परा जोगाउन महोत्सव सहयोगी हुने बताउँदै उनले महोत्सवका अवसरमा राम्रो कारोबार भई आर्थिक क्षेत्र चलायमान हुन मद्दत पुग्ने भनाई पनिे राखे । महोत्सवका अवसरमा झण्डै ५० हजार पर्यटकले लेकसाइडको भ्रमण गर्ने अनुमान पनि उनले सुनाए


।पत्रकार सम्मेलनको संचालन संघका महासचिव एवं प्रचार संयोजक राजेन्द्र ढकालले गरेका थिए । बाह्रसिंगे वियर महोत्सवको प्रायोजक र अन्नपूर्ण केवलकार प्रालि सहप्रायोजक रहेका छन् । नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गर्ने कार्यक्रमलाई पोखरा महानगरपालिकाले सघाएको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist