✍️ अजय क्षेत्री
पर्यटन प्रवर्द्धनको अभियानमा लामो समयदेखि संलग्न “डुलुवा” टोली कास्कीबाट कन्याकुमारी प्रस्थान गरेको छ । टोली रक्सौल हुँदै भारतको दक्षिणी सीमामा पर्ने तमिलनाडुको कन्याकुमारीसम्म पुगेर फर्किनेछ । १९ सदस्यीय टोली अगस्त २५ मा पोखरा आइपुग्ने योजना छ ।
टोलीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख पिएस् बेगलले एक कार्यक्रमका बिच बिदाइ गर्नुभयो ।
नगरप्रमुख आचार्यले यस खालका भ्रमणले पर्यटन राजधानीको प्रवर्द्धनमा नयाँ इँटा थप्ने विश्वास व्यक्त गर्नुभयो ।
स्थापनाको १५ वर्षमा डुलुवाले नेपालका ७० जिल्ला भ्रमण गरेको छ ।