✍️अजय क्षेत्री
पोखरा – तमु समुदायको प्रमुख पर्व ल्होछारको अवसरमा तमु धिं नेपालले आयोजना गरेको ल्होछार शुभकामना सडक दौड प्रतियोगितामा ताङतिङ दुधपोखरी तमु समाजले प्रथम स्थान हासिल गर्दै २० हजार रुपैयाँ नगद, रनिङ शिल्डसहित पुरस्कृत भएको छ। तीनदिने ल्होछार कार्यक्रम अन्तर्गत पहिलो दिन सम्पन्न दौड प्रतियोगितामा चिउली पाचे तमु समाज दोस्रो हुँदै १५ हजार रुपैयाँ, र नौलो सम्झना तमु समाज तेस्रो हुँदै १० हजार रुपैयाँसहित पुरस्कृत भए।
१० किमि खुला दौडतर्फ सोनम गुरुङ प्रथम (१५ हजार), सायल गुरुङ र सुजन गुरुङ दोस्रो (१० हजार), राम कुमार गुरुङ र केभिन गुरुङ तेस्रो (७ हजार), तथा दिलप्रसाद गुरुङ चौथो (३ हजार) स्थानमा रहँदै पुरस्कृत भए।
त्यस्तै, ५ किमि महिलाको दौडमा अनिता गुरुङ प्रथम (७ हजार), बियन्का गुरुङ दोस्रो (५ हजार), सरस्वती गुरुङ तेस्रो (३ हजार) र अरुणा गुरुङ चौथो (२ हजार) स्थानमा पुरस्कृत भए।
५ किमि भेट्रान्सतर्फ क्याप्टेन भक्तराज गुरुङले प्रथम स्थान (७ हजार) हात पारे भने, भिमसेन गुरुङ दोस्रो (५ हजार), दिलिप गुरुङ तेस्रो (३ हजार) र दिलु गुरुङ चौथो (२ हजार) स्थानमा रहँदै पुरस्कृत भए।
कार्यक्रममा १४ देखि ८० वर्ष उमेर समूहका धावकहरूको सहभागिता रहेको जानकारी संयोजक चोकबहादुर गुरुङले दिए। ल्होछारको अवसरमा आयोजित यस दौडले पर्वलाई उमंगित बनाउँदै समाजमा स्वस्थ्य जीवनशैली प्रवर्द्धन गर्ने र पोखरालाई खेल तथा संस्कृतिको शहरको रूपमा चिनाउन सहयोग पुग्ने प्रदेशसभा सदस्य सरस्वती गुरुङले बताउनुभयो।
तमु धिं नेपालका कार्यवाहक अध्यक्ष सुमे श्रीप्रसाद गुरुङको अध्यक्षता, प्रथम उपाध्यक्ष गीमाया गुरुङको स्वागत तथा केन्द्रिय युवा समितिका अध्यक्ष रमेश गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।