✍️ अजय क्षेत्री
काठमाडौं- नेपाल प्रेस युनियनले आफ्ना १३ सदस्यलाई चार वर्षका लागि संगठनबाट निष्कासन गरेको छ। युनियनको विधान २०४९ (छैटौं संशोधन २०७९) को धारा ३४ तथा केन्द्रीय सचिवालयको निर्णय अनुसार, नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा युनियनको संस्थागत निर्णयविपरीत उम्मेदवारी दर्ता गरेका सदस्यहरूलाई अनुशासन उल्लंघनको आरोपमा कारबाही गरिएको हो।
युनियनले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उम्मेदवारलाई प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलका आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै तत्काल उम्मेदवारी फिर्ता लिने निर्देशन दिएको थियो। तर, निर्देशन पालना नगरेको भन्दै उनीहरूमाथि कडा अनुशासनात्मक कदम चालिएको हो।
निष्कासित सदस्यहरूको सूची:
१. रमेश विष्ट, काठमाडौं
२. विकास कार्की, काठमाडौं
३. श्रीजन झा, काठमाडौं
४. माधव दुलाल, काभ्रेपलाञ्चोक
५. अमृत बाँस्तोला, तेह्रथुम
६. यदुनाथ बन्जरा, कास्की
७. मिन बम, डोटी
८. राम धामी, डडेलधुरा
९. राजु खराल, कपिलवस्तु
१०. मिनराज गौतम, मकवानपुर
११. नारायण खड्का, सुर्खेत
१२. ध्रुव रावल, नुवाकोट
वरिष्ठ उपाध्यक्ष एवं केन्द्रीय अनुशासन समितिका संयोजक प्रेम के.सी.द्वारा जारी गरिएको विज्ञप्तिमा युनियनको नियम मिच्ने कार्यलाई कुनै पनि हालतमा सहन नगर्ने चेतावनी पनि दिइएको छ।
यस घटनाले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई थप चर्चामा ल्याएको छ ।