Tuesday, April 28, 2026

आजको मिति: २०८३ बैशाख १५ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
लिटिल स्टेप माविले विकासको नयाँ अध्याय सुरु
पोखरामा फेवा नव बर्ष महोत्सवको तयारी
Next
Prev

उत्प्रेरणा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखरा, असोज ४, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा उत्प्रेरणा तथा अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।


स्नातक तह, व्यवस्थापन सङ्काय, सेमेष्टर प्रणाली अन्तर्गत भर्ना भएका विद्यार्थीको लागि उक्त कार्यक्रमको आयोजना गरिएको थियो । आ.क्यू.ए.सी. प्रमुख राजकुमार सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा सहजिकरण प्रा.डा. प्रदिपचन्द्र गौतमले गर्नुभएको थियो ।


प्रमुख अतिथिका रुपमा रहनुभएका क्याम्पस प्रमुख धर्मराज बरालले विद्यार्थीलाई अवको चार वर्ष भित्र क्याम्पसमा रहि आफ्नो भविष्य उज्जवल बनाउन क्याम्पसको तर्फबाट पर्याप्त अवसर प्रदान गरिने कुरामा जोड दिनुभएको थियो । उक्त विद्यार्थीहरुको लागि अबको चारवर्ष के–के विषय अध्ययन गर्ने, प्रयोगात्मक परीक्षाको बारेमा र क्याम्पसको आचार संहिता सम्बन्धी जानकारी समेत प्रदान गरिएको थियो ।


उक्त कार्यक्रममा वि.एच.एम. कार्यक्रम संयोजक जितेन्द्र थापा र वी.आइ.एम. संयोजक सुरेशकुमार बरालले समेत विषयगत सहजीकरण गर्नुभएको थियो । कार्यक्र सञ्चालन सहायक क्याम्पस प्रमुख मोहन भण्डारीले गर्नुभएको थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज