Monday, November 23, 2026

आजको मिति: २०८३ मंसिर ८ ,सोमबार

  Latest
Next
Prev

टर्कीमा नेपाली श्रमिकका समस्या समाधान गर्न एनआरएनए र आईएलओबिच छलफल

Share on facebook
Share on twitter
Share on linkedin

अङ्कारा (टर्की), मङ्सिर ७ गते । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) टर्की र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) टर्कीबिच टर्कीमा कार्यरत नेपाली श्रमिकहरूले भोग्दै आएका विविध समस्या, श्रम शोषण र असुरक्षाको विषयमा सोमबार महत्वपूर्ण छलफल भएको छ ।



​टर्कीको राजधानी अङ्कारास्थित आईएलओ कार्यालयमा भएको भेटका क्रममा एनआरएनए टर्कीका अध्यक्ष डा. बिनोद पौडेल र सङ्घका सल्लाहकारसमेत रहेका व्यवसायी राजन योञ्जनसहितको प्रतिनिधिमण्डलले आईएलओ टर्कीका अधिकारीहरूसँग भेट गरी नेपाली श्रमिकका समस्या र समाधानका उपायबारे ध्यानाकर्षण गराएको हो ।



​भेटघाटमा वैदेशिक रोजगारीका नाममा हुने ठगी, श्रमिकमाथिको आर्थिक तथा मानसिक शोषण, कार्य अनुमति पत्र (वर्क परमिट), सामाजिक सुरक्षा (एसजीके), भाषागत कठिनाइ तथा मानव बेचबिखनजस्ता गम्भीर विषयमा विस्तृत छलफल भएको सङ्घका महासचिव श्याम पान्डेले जानकारी दिनुभयो ।



​छलफलका क्रममा टर्कीमा रहेका नेपाली श्रमिकहरूको वास्तविक अवस्था समेटिएको विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने, सम्बन्धित सरकारी तथा अन्तर्राष्ट्रिय निकायसँग समन्वय बढाउने, श्रमिक लक्षित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र श्रमिकको अधिकार संरक्षणका लागि संयुक्त पहल अघि बढाउने विषयमा जोड दिइएको छ ।



​एनआरएनए टर्कीले प्रवासमा कार्यरत नेपाली श्रमिकको हकहित, पेसागत सुरक्षा र सम्मान आफ्नो प्रमुख प्राथमिकतामा रहेको उल्लेख गर्दै उनीहरूका समस्या समाधानका लागि सम्बन्धित निकायसँग सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासमेत जनाएको छ ।
​


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist