✍️विवेक न्याैपाने
`हट एण्ड स्पाइसी´काे २२ औं शाखा पाेखरा ५ पर्स्याङमा एक कार्यक्रमका बीच सम्पन्न भएकाे छ ।

पत्रकार सम्मेलन मार्फत जानकारी गराउदै `हट एण्ड स्पाइसी´का संस्थापक अध्यक्ष ज्ञान बहादुर गुरूङले स्वाद,स्वस्थ र समाजका लागि धूम्रपान तथा मध्यपान निरूत्साहित र युवा स्वराेजगारलाई प्राथमिकता दिने बताउनुभयो । गुरूङ करिब १० बर्ष दुबईमा सेफकाे रूपमा काम गर्नु भएको हाे ।

कार्यक्रममा प्रमुख अतिथि पाे.म.न.पा वडा नं: ५ का अध्यक्ष बिष्णु प्रसाद बराल अहिलेकाे समयमा पनि युवाले गरेकाे कामकाे सहयाेग र प्रोत्साहन गर्नुपर्ने बताउनुभयाे ।

कार्यक्रममा हट एण्ड स्पाइसी पर्स्याङ शाखाका संचालक अरूण गुरूङले शुरूवाती चरणमा मट्का चियाबाट भएकाे र अहिले हट एण्ड स्पाइसीकाे स्वाद,स्वस्थ र समाजका लागि उपयोगी रहेकाले शाखा खाेलेकाे बताउनुभयाे ।

हट एण्ड स्पाइसी´काे २२ औं शाखा पाेखरा ५ पर्स्याङको शाखा उद्घाटनकाे कार्यक्रम संचालन हट एण्ड स्पाइसीका संचालक सन्देश गुरुङले गर्नु भएको हाे ।
