✍️विवेक न्याैपाने
`ग्लो´संस्था एउटा सेवामुलक तथा एकल महिला र बिपन्न बर्गहरुलाइ कम्प्युटर,सिलाईकटाई साथै व्यवहारिक शिक्षा प्रदान गर्ने संस्था हाे ।
महिला सशक्तिकरणकाे लागि सीप विकास तालिमहरू दीक्षान्त समाराेह साेमबारका दिन सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख अतिथि पाे.म.न.पा वडा नं १५ का अध्यक्ष ताेरण बहादुर बानियाँले बाटाे,पुलकाे विकास मात्र विकास नभई सामाजिक उत्तरदायित्व अन्तर्गतको काम गरेमा समाज परिवर्तन हुने बताउनुभयाे ।
`ग्लो´का निर्देशक आगमन राज पाैडेलले संस्थाले गरेका काम,संस्थाकाे परिचय र भावी याेजनाका बारेमा जानकारी दिनुभयाे ।
`ग्लो´की संस्थापक सीता पाैडेलले संस्थाकाे अहिलेकाे अवस्थामा ल्याइपुराउन आफुले मात्र नभई सबैकाे हातेमालाे भएकाे बताउनुभयाे ।
कार्यक्रमका सभाध्यक्ष रामहरि खड्काले सभा बिसर्जन गर्दै संस्थापककाे कामकाे प्रशंसा गर्दै भावी समयमा संस्थालाई थप उचाइमा पुर्याउने बताउनुभयाे ।
कार्यक्रमको संचालन `ग्लो´ कास्की स्थानिय समितिकि सचिव प्रतिमा बस्नेत मगरले गर्नु भएको हो ।