✍️विशाल न्याैपाने
ज्येष्ठ नागरिक समाज नेपालकाे आयाेजना र ज्येष्ठ नागरिक मञ्च कास्की पाेखराकाे सह-आयाेजनामा ज्येष्ठ नागरिक कानुन सचेतना कार्यक्रम साेमबारका दिन सम्पन्न भएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी(कास्की) का टेक बहादुर केसीले ज्येष्ठ नागरिककालागि ब्यक्तिगत र जिल्लास्तरबाट सहयाेग गर्ने कुरा राख्नुभयो ।
कार्यक्रमका ज्येष्ठ नागरिक समाज नेपालका अध्यक्ष चन्द्रकान्त अर्यालले नयाँ वर्षको शुभकामना सहित ज्येष्ठ नागरिकका समस्या सुनुवाइ हुनुपर्ने कुरामा जाेड दिनुभयाे ।
ज्येष्ठ नागरिक मञ्च कास्की पाेखराका अध्यक्ष टाेपराज ढुङ्गानाले ज्येष्ठ नागरिक प्रतिको सरकारले दिने सामाजिक सुरक्षा भत्ता कटाैती गर्न नहुने बरू प्रदेश सरकार सच्चिनु पर्ने बताउनु भयो ।
कार्यक्रमको संचालन भने ज्येष्ठ नागरिक मञ्च कास्की पाेखराका सह – सचिव भिम सुवेदले गर्नु भएको हाे ।