गोरखाको उत्तरी भागमा रहेको चुमनुब्री गाउँपालिका–७ छेकम्पारकी ४१ वर्षीय की गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्दार गरीएको छ । सोमबार पासाङ छेन्जुम लामालाई उद्दार गरेर काठमाडौ लगिएको हो ।
उनले सोमबार नै छोरीलाई जन्म दिएकी चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए। सुरुमा छेकम्बार स्वास्थ्य चौकीमा लागिएकोमा अवस्था जटिल रहेको र २४ घण्टा भन्दा लामो बेथा लागेकोले हेलिकोप्टर मगाइएको हो । आज (मंगलबार ६ बजे वेलुका सम्म) महिला पाटन अस्पतालमा रहेको खबर प्राप्त भएकाे छ।
गोरखाका प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य सेवाका कर्मचारी, महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (हवाई उद्दार शाखा), सम्बन्धित स्वास्थ्य परियोजनाका कर्मचारी, क्याप्टेन लगायत सम्पूर्ण हेलीकप्टर टिमलाई गाउॅंपालिकाले विशेष धन्यवाद दिएको छ ।