Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

कश्यपधाममा बालाचर्तुदशी पर्व मनाइयो

Share on facebook
Share on twitter
Share on linkedin

कास्की जिल्लाको उद्गम  तथा  धार्मिक पर्यटकीय स्थल  कश्यप तपोधाममा बालाचर्तुदशी पर्व धुमधामका साथ मनाईएको छ ।पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोट  स्थित धामको गरामा रहेको महाङकालेश्वर  मन्दिर परिसरमा हजारौँ भक्तजनको सहभागितामा सद्विज छरि बालाचर्तुदशी पर्व मनाईएको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिए ।


पर्वको अवसरमा कश्यप ऋिषिले तपस्या गरेको धामको गरामा शिव ताण्डव नृत्य भजन नौमती वाजा समेत प्रर्दशन गरीएको थियो । विभिन्न ध्वजापताका र रंगरोगनले सजिएको मन्दिरमा विहानै देखि भक्तजनको भिड लागेको थियो ।  सद्विज छर्न कास्की स्याङजा पर्वत तनहु वाग्लुङ देखि  भक्तजनको भिड लागेको वताईएको छ ।


त्यस क्षेत्रमा सद्विज छर्न विभीन्न जिल्लावाट  भक्तजन आउने गरेको स्थानिय तारापति सुवेदीले  जानकारी दिए । चोखो नितो गरी शुद्ध भई सद्विज छर्नाले पितृ उद्घार हुने धार्मिक जनविश्वास रहेको छ ।पोखराको दृश्य सहित मनोरम अन्नपुर्ण हिमश्रृंखला र माछापुच्छ्रेको दृश्य नजिकैबाट देख्न सकिने उक्त क्षेत्रमा दिनहुँ सयौं पर्यटक पुग्ने गरेका छन् । यस क्षेत्रमा कश्यप ऋिषिले तपस्या गरेकाले पुराना कास्की हुदै कास्की जिल्लाको नामाकरण रहेको किंमदन्ती पाइन्छ । 


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist