✍️ अजय क्षेत्री
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखरा महानगरपालिकामा छापा हानेको छ ।
मणिपाल शिक्षण अस्पताललाई नियमविपरित २० करोड रुपैयाँ राजस्व छुट दिएको विषयमा छानविन गर्न अख्तियारले मंगलबार महानगरमा छापा हानेको हो ।
छापाबाट विभिन्न कागजात नियन्त्रणमा लिइएको अख्तियार पोखरा कार्यालयका सूचना अधिकारी जगदीशचन्द्र सिवाकोटीले जानकारी दिए । ‘मणिपालको विषयमा बाहिर आएकै कुरा हो । यस विषयमा छानविनका लागि हामीले छापा हानेको हौं । केही कागजात बरामद गरिएको छ,’ उनले भने ।