✍️ अजय क्षेत्री
पोखरा, चर्चित गायिका भुमिका गिरीले वागलुङ्का दुई ठाउँमा आफ्नो साँगीतिक प्रस्तुती दिने भएकी छिन् । वागलुङ् बजार र काठेखोला गाउँपालिकामा उनको प्रस्तुती हुने भएको हो ।
गुठी युवा क्लव वागलुङ्को आयोजनामा भदौ २१ गते र जनसेवा युवा क्लव काठेखोला गाउँपालिकाको आयोजनामा भदौ २१ गते नै हुने तीज महोत्सवमा एकैदिनमा २ ठाउँमा उनको प्रस्तुती रहने आयोजकले जनाएका छन् ।
गिरी पछिल्लो समय व्यस्त कलाकारको रुपमा परिचित छिन् । गायक प्रकाश दुतराजसँग गाएको देउरालीमा भन्ने गीत युट्युवमा सर्वाधिक रुचाईएको थियो ।
साथै , गोरकपुरको सलाई,चोलि मईलैभो ,तारासँगै जुन ,हङकङ को चुरोट जस्ता गितलाई सामाजिक सञ्चाल प्रयोगकर्ताहरुले यो गीतमा टिकटक, फेसबुकको रिल ईन्स्टाग्राम लगायतमा धेरै भिडियोहरु बनाईसकेका छन् ।
गिरी सांगीतिक कार्यक्रममा सिलसिलामा पटक पटक विदेश भ्रमण पनि गरिसकेकी छिन् । केही समय अघि उनी युके, युएईको भ्रमण सकेर नेपाल फर्किसकेकी छिन् । उनी आफ्ना आमाबाबुको पियारी छोरीको रुपमा समेत परिचित छिन् । समाजसेवामा रुची राख्ने गिरीले बालबालिका तथा दुखि गरिबको सेवामासमेत आफुलाई परिचित गराईसकेकी छिन् । कोमल ह्रदयकी खानीको रुपमा पनि गिरी समाजमा चिनिन्छिन् । उनी आफुलाई प्रकृतिमा रमाउने महिला भएको उँनि बताउँछिन् ।