Thursday, September 19, 2024

आजको मिति: २०८१ आश्विन ३ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
माछापुच्छ्रेमा शिक्षा दिवस समारोह
Next
Prev

माछापुच्छ्रे गा.पामा बाल संवाद कार्यक्रम सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
भाद्र २९,हेमजा
माछापुच्छ्रे गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा “बालबालिकामा लगानी सुनिश्चितः मविष्यको थालनी” भन्ने नाराका साथ ६० औं राष्ट्रिय बाल दिवस २०८१ विषेश बाल संवाद कार्यक्रम शनिवार सम्पन्न भएको छ ।


नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ भदौ २९ गते अनुमोदन गरेको दिनलाई राष्ट्रिय बाल दिवसका रुपमा मनाइँदै आएको छ ।


संवाद कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक विद्मालयका विद्मार्थीहरुको प्रतिनिधिमुलक सहभागिता रहेको थियो । सहभागि विद्मार्थीहरुले आधारभुत आवश्यकताहरु माया, ममता, संरक्षण, स्वस्थ वातावरण,उचित पोषण, शिक्षा, शिक्षक र अध्यन्रत विद्मालयको भौतिक अवस्था र कठिनाई साथै विकासका अवसरमा पाउनु पर्ने आफ्ना नैसर्गिक अधिकारको विषयमा भोग्नु परेका समस्यको उठान संगै स्थानीय निकायबाट समाधानको लागि अनुरोध गरेका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले संवाद कार्यक्रममा उठेका जटिल समस्यालाई प्राथामिकता आधारमा स्थानीय सरकाले आवस्यक सहजिकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुुभयो । बालबालिकाका निम्ति गरिने प्रत्येक कार्यहरु बाल आधारभूत सिद्धान्त विपरी हुन नहुनेमा जोड दिनुभयो । कार्यक्रमबाट माछापुच्छे गाउँपालिकाका बिद्मालयमा भए गरेका कार्यहरु बालअधिकारको पक्षमा छन् कि छैनन् भन्ने नजिकबाट बुझने सहज भएको भन्दै आगामि दिनमा यस्ता कार्यक्रमलाई पालिकाले प्राथामिकताका आधारमा निरन्तरता दिने समेत उल्लेख गर्नुभयो ।


गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत गोपीकृण्ण अर्याल ,शिक्षा शाखा सहायक विष्णु प्रसाद अधिकारी ,आर्थिक विकास समिति संयोजक एवं वडा न.८ का अध्यक्ष राम ब. गुरुङले सुभकामना व्यक्त गरेका थिए । सामाजिक विकास समिति संयोजक एवं वडा न. ९ का वडा अध्यक्ष हरि ब. क्षेत्री, वडा न. ४ का अध्यक्ष मधुसुधन अधिकारी, बाल अधिकार समिति सदस्य गोविन्द अधिकारी,सुमिता भण्डारीको विषेश उपस्थिति रहेको थियो ।


कार्यक्रममा एस.ई २०८० मा उत्कृष्ठ नतिजा प्राप्त गर्न सफल निस्पक्ष मा.विका पर्बत दाहाल र माछापुच्छ्रे मा.विका सौगात रेग्मीलाई सम्मान गरिएको थियो । बिद्मालय शिक्षक,शिक्षिहरुको कुर्चि धुमाई प्रतियोगितामा शिक्षक तर्फ माछापुच्छे« मा.विका शिक्षक मिलन मजाकोटीले प्रथम, भुमेश्वर आ.विका शिक्षक नवराज गौतम द्धितिय, सारदा मा.विका शिक्षक दिपेन्द्र लम्सालले तृतिय पुरस्कार प्राप्त गर्नभयो । शिक्षिका तर्फ जनजागरण आ.वि शिक्षिक डिलमाय ढकाल प्रथम, अन्नपुर्ण आ.वि शिक्षिका बुद्धि कुमारी गुरुङ द्धितिय र जनकल्यण आ.वि कि शिक्षिका रुपा अधिकारी तृतिय पुरस्कार प्राप्प गर्नुभयो ।


माछापुच्छ्रे गाउँपालिका बाल सन्जालका अध्यक्ष आसिक परियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत प्रशासकिय अधिकृत गोपिकृण्ण अर्याले र संचालन महिला तथा बालबालिका शाखा प्रमुख ज्योति पौडेलले गर्नभयो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist