✍️ अजय क्षेत्री
रौतहट, हिमालिबास – श्री हिमाली जनता माध्यमिक विद्यालय, हिमालिबास रौतहटले हिमालिबास स्कुल एम्बेसडर २०२४ को रूपमा एन.के. शरद बाट रु १०,००० (दस हजार) को सहयोग प्राप्त गरेको छ। यस रकमलाई आज विद्यालय व्यवस्थापन समितिको पहलमा गाउँका समाजसेवी, शिक्षक, तथा विद्यार्थीहरूको उपस्थितिमा सयुक्त रूपमा वितरण गरिएको छ।
विद्यालयको पठन–पाठन र विद्यार्थीसँग सम्बन्धित गतिविधिहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले उक्त सहयोग रकमबाट प्रत्येकलाई जनही रु ५,००० का दरले वितरण गरिएको हो। यसका साथै, विद्यालयकी अब्बल छात्रा अञ्जली मुखियालाई “पढ्दै कमाउँदै” भन्ने नारालाई सार्थकता दिन आर्थिक आम्दानीको स्रोत विकास गर्नका लागि बाख्राको पाठी प्रदान गरियो।
यस प्रकारको सहयोगले विद्यालयका विद्यार्थी र समुदायको आर्थिक, शैक्षिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। सहयोग पुर्याउने एन.के. शरद तथा यस कार्यलाई सफल बनाउन मद्दत गर्ने सबैलाई विद्यालय परिवारले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
विद्यालयको आगामी लक्ष्य तथा योजनाहरूलाई यस्तै सहयोग र सद्भावले अझै सशक्त बनाउँदै लैजाने अपेक्षा गरिएको छ।