✍️ अजय क्षेत्री
गोर्खाली रेडियोले फेरि एउटा ऐतिहासिक कार्यक्रम सफलपूर्वक सम्पन्न गरेको छ । लोक गीत संगीतको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनका लागि “दोश्रो गोर्खाली अन्तर समाज खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिता- २०८१” आयोजना गरिएको हो । लुकेर रहेको प्रतिभालाई उजागर गरि व्यवसायिक रूपमा स्थापित गर्न र समाजको कला संस्कृतीलाई संरक्षण र एकाअर्का बीच संस्कृतीको आदानप्रदान गर्ने कार्यक्रमको उदेश्य हो ।
गोर्खा कम्युनिटिद्वारा प्रवर्धित गोर्खाली रेडियोको उक्त कार्यक्रमको संयोजक WO2 बल बहादुर गुरुङ ज्यूको अध्यक्षतामा र गण्डकी प्रदेश सभा सदस्य माननीय सरस्वती गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा शुक्रबार पोखरा सभा हलमा सम्पन्न भयो । सह संयोजक कर्णेल मिसेस पदम शोभा गुरुङ ज्यूको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमलाई सफल पार्न आफ्नो अमुल्य कला संस्कृती सहित सहभागी १२ टिम र समाज र संस्थाका अध्यक्ष ज्युहरुको उपस्थिति रहेको थियो ।
मूख्य प्रायोजक पर्वत मञ्च हङकङको अध्यक्ष समाजसेवी दुर्गा गुरुङ “मिलन” सह प्रायोजकहरु कर्णेल पदम बहादुर गुरुङ तमु धीं युकेका अध्यक्ष हरि गुरुङ ज्यू लगायत तमु धीं युके परिवार र श्री गुरुङ , निर्णयक मण्डल, ट्रफी, मेडल र गोर्खाली पल्टनको गर्विलो इतिहासलाई बर्करर राख्न उत्कृष्ट भूपू प्रोत्साहन पुरस्कार प्रयोजक सल्लाहकार मेजर लक्ष्मी प्रसाद गुरुङ, खादा प्रायाेजक बल बहादुर गुरुङ र मिसेस कर्णेल पदम शाेभा गुरुङ तारा-२०८१ बाट सम्मानित श्री रन बहादुर गुरुङ ज्यू, प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रायोजक गोर्खाली रेडियोका सल्लाहकार मेजर गम बहादुर गुरुङ , गोर्खाली रेडियोका सल्लाहकार क्या मेक बहादुर गुरुङ श्री पूर्ण बहादुर गुरुङ , प्रवर्द्धक गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय, सहकार्यमा पोखरा महानगरपालिका, वडा ९,१०,११, १२,१३,१४, सहयोग दाता , हस्पिटल पार्टनर नमस्ते हस्पिटल, सुरक्षा निकाय, सल्लाहकारज्युहरु, विशेष सहयोगी तमु धीं नेपाल केन्द्रीय आमा समिति उपाध्यक्ष बाल कुमारी गुरुङ, आमन्त्रित व्यक्तित्वहरु, गोर्खाली रेडियोका पदाधिकारीहरु तथा सदस्यज्यूहरु, शेयर सदस्यज्युहरु र कर्मचारीहर, स्वयंसेवक गोर्खा कम्युनिटीका सदस्य ज्यूहरु र चिली पाचे तमु समाजका आमा समितिका सदस्यज्यूहरु, पत्रकार ज्यूहरु, रेडियो परिवार, कार्यक्रममा पाल्नु भएका सम्पूर्ण आमा, बुबा, दाजुभाइ, दिदीबहिनीहरु सम्पूर्णमा हृदय देखि नै हार्दिक आभार सहित धन्यवाद ज्ञापन गरेको छ ।