गोरखा — गण्डकी प्रदेश सरकार अन्तर्गत उर्जा तथा जलस्रोत मन्त्रालय, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, गोरखाले सिँचाई पूर्वाधारको संरक्षण, सुरक्षित उपयोग तथा दुरुपयोग रोक्न सबै सरोकारवालाहरुलाई सहकार्य गर्न अनुरोध गरेको छ।
कार्यालयले जारी गरेको अनुरोधमा कृषि योग्य भूमिमा वर्षैभरि सिँचाई सेवा उपलब्ध गराई उत्पादनशीलता वृद्धि गर्दै समग्र अर्थतन्त्रमा योगदान पु¥याउने लक्ष्य रहेको उल्लेख गरिएको छ। जलाधार व्यवस्थापन तथा जलउत्पन्न विपदको जोखिम न्यूनीकरण र व्यवस्थापनमार्फत आर्थिक तथा सामाजिक क्षतिको न्यूनीकरण गर्न सकिने जनाइएको छ।
यसबाहेक, ताल, बाँध, नहर र नदी किनारमा एक्लै पौडी खेल्न जानु जोखिमपूर्ण हुने भन्दै यसप्रति सजग रहन आग्रह गरिएको छ। साथै, सिँचाई नहरको मापदण्डभित्रको जमिन, सरकारी संरचना तथा सम्पत्तिको दुरुपयोग र अतिक्रमण रोक्नु सबै नागरिकको साझा दायित्व रहेको कार्यालयको भनाइ छ।
सार्वजनिक सम्पत्तिको संरक्षण र सिँचाई प्रणालीको दिगो विकासका लागि जनसहभागिता अत्यन्त महत्वपूर्ण रहेको कार्यालयले स्मरण गराएको छ। सिँचाई पूर्वाधारको दिगो उपयोगबाट कृषिमा निर्भर जनजीवनको uplift हुने विश्वास पनि कार्यालयले व्यक्त गरेको छ।