✍️ अजय क्षेत्री
पोखरा, वार्ड नं. १७ — ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पूजन भोलि बुधवार बिहान गरिने भएको छ। मानव सेवा फाउण्डेसन नेपालद्वारा आयोजित महायज्ञको भूमी पूजन भोलि बिहान ११ बजेर १ मिनेटको शुभ साइतमा हुने आयोजकले जानकारी दिएका छन्।
यज्ञस्थलमा प्रमुख यज्ञ कुण्ड खन्ने कार्य पनि सोही दिन ११ बजेर ११ मिनेटमा शुभारम्भ गरिनेछ। हालैका दिनहरूमा महायज्ञको पूर्वसन्ध्यामा श्रीमद्भागवत कथा प्रवचन, भजन, तथा विभिन्न धार्मिक प्रचार कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
नेपालकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेयद्वारा गत चैत्र २९ गतेदेखि श्रीमद्भागवत कथा प्रवचन सुरु गरिएको हो, जुन बैशाख ५ गतेसम्म चल्नेछ।
मानव सेवा फाउण्डेसन नेपालले सबै भक्तजनहरूलाई भोलिको भूमी पूजन तथा यज्ञ कुण्ड खन्ने कार्यक्रममा उपस्थित भई धर्मलाभ लिन अनुरोध गरेको छ।