गण्डकी – नेपालको शैक्षिक तथा सांस्कृतिक इतिहासमा पहिलोपटक अत्यन्तै ठूलो स्तरको राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ। ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ को अवसरमा आयोजना हुने यस प्रतियोगिता माध्यमिक तह (कक्षा ८ देखि १२ सम्म) मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि खुला हुनेछ।
प्रतियोगिताको शिर्षक “सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी” रहेको छ, जसले सनातन संस्कृतिप्रति विद्यार्थीहरूको सोच, योगदान र सम्भावनाको अभिव्यक्ति गर्ने अवसर प्रदान गर्नेछ।
यो प्रतियोगिता केवल एक प्रतिस्पर्धा मात्र नभई संस्कार, विचार र विवेकको समुन्नत मिसन पनि हो। आयोजक समितिका अनुसार, विद्यार्थीहरूलाई संस्कृतिक चेतना र व्यक्तित्व विकासमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिन लागेको हो।
विजेताहरूलाई प्रदान गरिने आकर्षक पुरस्कारहरूः
प्रथम पुरस्कार: रु. ५१,१५१/-
द्वितीय पुरस्कार: रु. ४१,१४१/-
तृतीय पुरस्कार: रु. ३१,१३१/-
प्रशंसनीय पुरस्कार: रु. २१,१२१/-
कार्यक्रम मिति: २०८२ सालको जेठ १ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ।
आयोजक संस्थाले सम्पूर्ण शिक्षकज्यूहरू, अभिभावकज्यूहरू र विद्यालय परिवारहरूलाई आफ्ना विद्यार्थीहरूलाई सहभागी गराई उनीहरूको आत्मविश्वास, अभिव्यक्ति कला तथा संस्कृतिक चेतनाको विकासमा योगदान पुर्याउन हार्दिक अनुरोध गरेको छ।
यो अवसर मात्र प्रतियोगिता होइन – यो भावी नेतृत्व निर्माणको अभियान हो।