Monday, March 16, 2026

आजको मिति: २०८२ चैत्र २ ,सोमबार

  • समाचार
  • समाचार
  Latest
घरदैलो अभियानलाई तीव्र पार्दै रानाभाट
Next
Prev

दोस्रो वार्षिकोत्सव भव्य रूपमा मनाउँदै नेशनल पिस क्लब

Share on facebook
Share on twitter
Share on linkedin

बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका–०६ अर्जेवामा क्रियाशील नेशनल पिस क्लब ले आफ्नो दोस्रो वार्षिकोत्सवको सुखद अवसरमा यस क्षेत्रकै सबैभन्दा भव्य, आकर्षक तथा उत्साहजनक खेलकुद तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ।


सामाजिक एकता, खेलकुद विकास र प्रतिभाको सम्मानलाई मुख्य उद्देश्य बनाउँदै क्लबले २०८३ साल बैशाख १ गतेदेखि ४ गतेसम्म अर्जेवा स्थित एन.पि.सि. खेल मैदानमा विशेष कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ।यस वर्षको वार्षिकोत्सव कार्यक्रम अघिल्ला वर्षहरू भन्दा अझ बढी व्यवस्थित, आकर्षक र उत्साहपूर्ण बनाउने तयारी गरिएको आयोजकले जनाएको छ।


कार्यक्रम अन्तर्गत साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, एन.पि.सि. डान्स आइडल, विविध सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक खेल तथा दर्शकलाई रोमाञ्चित बनाउने विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ।पुरुष भलिबल प्रतियोगितालाई विशेष आकर्षणका रूपमा लिइएको छ |


जसको प्रथम पुरस्कार नगद रु. ४५,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार रु. २५,०००, तृतीय पुरस्कार रु. १०,००० तथा सान्त्वना पुरस्कार रु. १०,००० प्रदान गरिनेछ भने दर्ता शुल्क ४००० लाग्नेछ । त्यसैगरी महिला भलिबलतर्फ प्रथम पुरस्कार रु. ८,००० र द्वितीय पुरस्कार रु. ४,००० मेडल तथा प्रमाणपत्र सहित प्रदान गरिनेछ दर्ता शुल्क १५०० लाग्नेछ, जसले महिला खेलाडीहरूलाई अझ उत्साहित बनाउने विश्वास लिइएको छ।युवापुस्ताको प्रतिभालाई मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको एन.पि.सि. डान्स आइडल प्रतियोगिता पनि कार्यक्रमको अर्को मुख्य आकर्षण रहनेछ। प्रतियोगितामा प्रथम पुरस्कार रु. ३,०००, द्वितीय पुरस्कार रु. १,५०० र तृतीय पुरस्कार रु. १,००० प्रमाणपत्र सहित प्रदान गरिनेछ। भने दर्ता शुल्क ३०० लाग्नेछ कार्यक्रम २०८३/०१/०१ गते भव्य उद्घाटन संगै सुरु हुने छ भने २०८३/०१/०४ गते विशेष समापन समारोह सहित सम्पन्न गरिनेछ।


कार्यक्रम अवधिभर राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरुको विशेष सांगीतिक प्रस्तुति रहनेछ, जसले अर्जेवाको माहोललाई अझै उल्लासमय, रमाइलो र ऐतिहासिक बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।क्लबका अध्यक्ष लाल बहादुर खड्का का अनुसार वार्षिकोत्सव कार्यक्रम केवल खेलकुदमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्वलाई समेत जोड दिइएको छ।


कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक सम्मान, अर्जेवाका जेहेन्दार तथा गरिब विद्यार्थीलाई छात्रवृत्ति वितरण, साथै दर्शकको मनोरञ्जनका लागि विशेष भाले छोप्ने प्रतियोगिता समेत आयोजना गरिनेछ, जसले कार्यक्रममा थप रौनकता ल्याउनेछ।स्थानीय खेलकुदको विकास, नयाँ प्रतिभाको खोजी, युवाहरुमा सकारात्मक सोचको विस्तार तथा समाजमा आपसी सद्भाव, सहकार्य र एकताको सन्देश फैलाउने पवित्र उद्देश्यका साथ आयोजना गरिएको यो कार्यक्रम सम्पूर्ण अर्जेवा तथा आसपासका क्षेत्रकै लागि गौरवको विषय बनेको आयोजकले जनाएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist