Saturday, July 25, 2026

आजको मिति: २०८३ श्रावण ९ ,शनिबार

  Latest
विदेश जानुअघि सोचौं, बुझौं र तयारी गरौं
छैटौं हेमजा हिले महोत्सवको तयारी पुरा
Next
Prev

‘मिस कास्की नेपाल सिजन–२’ ट्यालेन्ट राउन्ड सम्पन्न, ग्र्यान्ड फिनाले साउन १६ गते हुने

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा । हेवनली इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित तथा मिराकल पोखरा डेन्टल हस्पिटलद्वारा प्रायोजित ‘मिस कास्की नेपाल सिजन टू’ को ट्यालेन्ट राउन्ड उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।


कार्यक्रममा नौ जना प्रतिस्पर्धी नानीहरूले आफ्नो विविध प्रतिभा प्रस्तुत गर्दै उपस्थित दर्शक तथा निर्णायकहरूको मन जितेका थिए। विशेष आकर्षणका रूपमा पेन्सन पट्टा टोलीबाट मौत्से गुरुङको टोलीको उपस्थिति रहेको थियो। उक्त अवसरमा मौत्से गुरुङले ‘पेन्सन पट्टा’ चलचित्र सबैले हेरेर साथ दिन आग्रह गर्दै प्रतियोगी नानीहरूलाई शुभकामना व्यक्त गर्नुभयो। साथै उहाँले पोखरामा यस्ता सिर्जनात्मक र सांस्कृतिक कार्यक्रमहरू निरन्तर आयोजना भइरहोस् भन्ने अपेक्षा राख्दै हेवनली इभेन्ट म्यानेजमेन्टलाई समेत शुभकामना दिनुभयो।


यसैबीच, हेवनली इभेन्ट म्यानेजमेन्टका सञ्चालक सफल सुवेदीले ‘मिस कास्की नेपाल’ प्रतियोगिता नेपाली कला, संस्कृति, भेषभूषा तथा प्रतिभाको संरक्षण र प्रवर्द्धन गर्ने महत्वपूर्ण प्लेटफर्म भएको बताउनुभयो। उहाँले युवतीहरूको आत्मविश्वास अभिवृद्धि, व्यक्तित्व विकास तथा क्षमता उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।निर्णायक मण्डल (Judge Panel) मा फेवा टेलिभिजनकी प्रशासकीय प्रमुख रोजी श्रेष्ठ, डान्स डाइरेक्टर तथा पोखरा कला केन्द्रकी सञ्चालिका राखी थापा र ‘मिस कास्की नेपाल सिजन वान’ की सेकेन्ड रनरअप स्मृति गुरुङ रहनुभएको थियो।


यसैगरी, हेवनली इभेन्ट म्यानेजमेन्टकी संयोजक समीक्षा सुवेदीले आगामी साउन १६ गते आयोजना हुन गइरहेको ग्र्यान्ड फिनालेमा सबैलाई उपस्थित भई प्रतियोगी नानीहरूलाई हौसला प्रदान गर्न हार्दिक निमन्त्रणा दिनुभयो।कार्यक्रम समग्रमा सफल र उत्साहजनक रूपमा सम्पन्न भएको छ भने कार्यक्रमको सञ्चालन सपना गायकाले आकर्षक ढंगले गर्नुभएको थियो। अब सबैको ध्यान आगामी ग्र्यान्ड फिनालेतर्फ केन्द्रित भएको छ।



Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

विदेश जानुअघि सोचौं, बुझौं र तयारी गरौं

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist