Saturday, July 25, 2026

आजको मिति: २०८३ श्रावण ९ ,शनिबार

  Latest
विदेश जानुअघि सोचौं, बुझौं र तयारी गरौं
छैटौं हेमजा हिले महोत्सवको तयारी पुरा
Next
Prev

टप्स माध्यमिक विद्यालयको प्राचार्यमा डा. झपिन्द्र अधिकारी

Share on facebook
Share on twitter
Share on linkedin

पोखराको बुद्धचोकस्थित टप्स माध्यमिक विद्यालयको प्राचार्यमा डा. झपिन्द्र अधिकारी पदस्थापित भएका छन् । एक विशेष कार्यक्रमका बिच शुक्रबार उनको पदस्थापना गरियो ।


नवनियुक्त प्राचार्य डा. अधिकारी रसायनशास्त्र (केमेस्ट्री) का वरिष्ठ शिक्षाविद् हुन् । त्रिभुवन विश्वविद्यालयबाट एम.एस्सी.गरेका उनले जापानको सागा विश्वविद्यालयबाट पिएचडी गरेका छन् । उनीसंग गण्डकी बोर्डिङ स्कुलमा २२ वर्ष प्रशासनिक तथा अध्यापन गराएको अनुभव छ । साथै देश तथा विदेशका सेमिनारहरुमा सहभागिता जनाएका छन् ।


पदस्थापना कार्यक्रममा बोल्दै नवनियुक्त प्राचार्य डा. अधिकारीले आफ्नो जिम्मेवारी इमान्दारिताका साथ निभाउने प्रतिबद्धता जनाए । विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने उनको उद्घोष थियो ।


कार्यक्रमको अध्यक्षता गरेका टप्स एजुकेशन फाउन्डेशनका अध्यक्ष बलबहादुर थापाले अभिभावक र विद्यार्थीको चाहना अनुसार विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने बताए । अधिकारीको नेतृत्वमा विद्यालयले शैक्षिक गुणस्तर, अनुशासन, नवप्रवर्तन र विद्यार्थीमैत्री वातावरणलाई थप मजबुत बनाउँदै लग्ने उनको भनाई थियो । फाउन्डेशनका सचिव रमेश थापाले सञ्चालन गरेको कार्यक्रममा एकेडेमिक डीन भलबहादुर क्षेत्रीले स्वागत तथा प्राइमरी इन्चार्ज पद्मा पराजुलीले प्राचार्यको परिचय गराएका थिए ।


नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको टप्स माध्यमिक विद्यालयले पूर्वाधार र गुणस्तर सुधारमा ६० करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ । १० रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म १,६०० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन संकाय सञ्चालनमा रहेका छन् ।


विद्यालयका एकेडेमिक डीन भलबहादुर क्षेत्रीले स्वागत गर्दै एकतालाई मजबुत बनाउने र विद्यालयलाई उचाईमा पुराउन थप उर्जा थपिने विश्वास व्यक्त गरे । विद्यालयकी प्राइमरी इन्चार्ज पद्मा पराजुलीले प्राचार्य अधिकारीको परिचय गराएकी थिइन् ।


विद्यालयले पछिल्लो समय विद्यालयप्रति अभिभावक र विद्यार्थीको विश्वास उल्लेखनीय रूपमा बढेको जनाएको छ । विद्यालयमा पोखराका विभिन्न प्रतिष्ठित शैक्षिक संस्थामा अनुभव हासिल गरेका दक्ष तथा समर्पित विषयगत शिक्षकहरू, समाजमा सकारात्मक छवि बनाएका पूर्वसैनिक व्यक्तित्वहरू तथा शिक्षाप्रेमीहरुको लगानी छ ।


“टप्सलाई साँच्चिकै टप्स बनाउने” लक्ष्यका साथ विद्यालयले अत्याधुनिक विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, स्मार्ट तथा डिजिटल कक्षाकोठा, प्रविधिमैत्री शिक्षण प्रणाली, आधुनिक सिकाइ सामग्री तथा विद्यार्थीकेन्द्रित शिक्षण पद्धतिमा विशेष जोड दिएको छ । साथै, समृद्ध पुस्तकालय, स्वच्छ र व्यवस्थित क्यान्टिन, प्रर्याप्त खेल मैदान, अतिरिक्त क्रियाकलापका लागि आवश्यक पूर्वाधार तथा सुरक्षित, अनुशासित र प्रेरणादायी सिकाइ वातावरणलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।


नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको प्रारम्भिक चरणमा केही व्यवस्थापकीय चुनौती देखिए पनि तिनलाई व्यवस्थित गर्दै बिद्यालयले छोटो अवधिमै उल्लेखनीय प्रगति हासिल गरेको विद्यालयले जनाएको छ । गुणस्तरीय शिक्षा, अनुशासित वातावरण, आधुनिक पूर्वाधार, दक्ष शिक्षक, जीवनोपयोगी सीप र समग्र व्यक्तित्व विकासलाई केन्द्रमा राख्दै टप्स माध्यमिक विद्यालयले भविष्यका सक्षम, सिर्जनशील र जिम्मेवार नागरिक उत्पादन गर्ने आफ्नो अभियानलाई निरन्तर अगाडि बढाइरहेको उल्लेख गरेको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

विदेश जानुअघि सोचौं, बुझौं र तयारी गरौं

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist