Sunday, September 27, 2026

आजको मिति: २०८३ आश्विन ११ ,आईतवार

  Latest
पोखरा–१७ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
Next
Prev

नेपाली कांग्रेसको १५औँ महाधिवेशन कास्की क्षेत्र नम्बर १ को सभापति पदका लागि नरेन्द्र थापा (नरेन) ले उम्मेदवारी

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा, असोज ८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर १ को सभापति पदका लागि नरेन्द्र थापा (नरेन) ले उम्मेदवारी घोषणा गर्नुभएको छ ।



पोखरामा आयोजित कार्यक्रममा थापाले पार्टी संगठनलाई थप गतिशील, एकताबद्ध र भरोसायोग्य बनाउने उद्देश्यसहित आफ्नो उम्मेदवारी सार्वजनिक गर्नुभएको हो । उहाँले नेपाली कांग्रेसको लोकतान्त्रिक परम्परा, संगठन सुदृढीकरण, युवा सहभागिता तथा अग्रज नेताहरूको सम्मानलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।



नेपाल तरुण दलमा विभिन्न जिम्मेवारी सम्हाल्दै हाल जिल्ला सचिवको भूमिकामा सक्रिय रहनुभएका थापाले पार्टी संगठन विस्तार, युवालाई राजनीतिमा आकर्षित गर्ने अभियान तथा सामाजिक क्षेत्रमा समेत योगदान पुर्‍याउँदै आएको बताउनुभयो । उहाँले कास्की क्षेत्र नम्बर १ का क्षेत्रीय प्रतिनिधिहरूसँग सहयोग, विश्वास र समर्थनको अपेक्षा समेत व्यक्त गर्नुभएको छ ।



यसैबीच, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका रूपमा समेत परिचित थापा पोखरा महानगरपालिका–२६ का वडा अध्यक्ष हुनुहुन्छ । स्थानीय पूर्वाधार विकास, जनसेवा तथा सामुदायिक गतिविधिमा सक्रिय भूमिकाका कारण उहाँले वडावासीमाझ सकारात्मक छवि बनाएको स्थानीय कार्यकर्ताहरूको भनाइ छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशन सम्पन्न भइरहेका बेला कास्की क्षेत्र नम्बर १ मा नेतृत्व चयनको प्रक्रिया पनि तीव्र बन्दै गएको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist