Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

पब्लिक फोर के टेलिभिजनले भूकम्पपीडितलाई‌ १० लाख बाँड्यो

Share on facebook
Share on twitter
Share on linkedin

पब्लिक फोर के टेलिभिजनले भूकम्पपीडितलाइ राहत वितरण गरेको छ । रुकुमको आठविसकोट नगरपालिकाका भूकम्पपीडितलाई टेलिभिजनले राहत वितरण गरेको हो ।


शनिबार आठविसकोटका भूकम्पले प्रभावित १ सय परिवारलाई राहत वितरण गरेको टेलिभिजनका प्रबन्ध निर्देशन मन क्षेत्रीले बताउनुभयो । १० लाख रुपैयाँ बराबरको राहत सामाग्री बाँडेको उहाँले जानकारी दिनुभयो ।


भूकम्पले घरबार गुमाएर राहत अतिआवश्यक परिवारलाई छनोट गरेर दिएको बताउँदै क्षेत्रीले भन्नुभयो,‘तत्काललाई खान र बस्नमिल्ने खालको राहत वितरण गरेका छौं’।


त्रिपाल ब्ल्यांकेट, पिफर्म, तन्नासँगै ३० केजी चामाल, दाल, चना, नुन, तेल, बेसार, मसला, साबुन लगायतका दैनिक उपभोग्य बस्तु राहत प्याकेजमा वितरण गरिएको हो । स्वास्थ्य सामाग्रीसमेत नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।


राहत लिएर पुगेको टेलिभिजनको टोलीले केही गाउँमा नगरपालिकाको समन्वयमा राहत आफैं वितरण ग¥यो भने केही ठाउँका लागि नगरपालिकामार्फत हस्तान्तरण गरेको छ ।


टेलिभिजन सर्वसाधारणको सुखदुखको सारथी बन्ने उद्घोषका साथ सञ्चालन गरिएकाले भूकम्पपीडितलाई राहत वितरण गरेको अध्यक्ष सविन भट्टले बताउनुभयो । उहाँले आगमी दिनमा पनि सामाजिक कार्यमा जोडिने बताउनुभयो ।


आठबिसकोट नगरपालिका–१३ भल्मामा राहत वितरण गर्दै नगर प्रमुख रवि केसीले सञ्चार माध्यमले समाचार सम्प्रेषणसँगै भूकम्पपीडितको घाउमा मलम लगाउनुपर्ने बताउनुभाये ।


‘क्यामेरामा यहाँको दुख खिचेर देखाएर मात्रै हुदैन । मिडियाले पिडामा परेका नागरिकको घाउमा मलमपनि लगाउन सक्नुपर्छ । पब्लिक टिभीले राहतसमेत लिएर आएर प्रशसंनीय काम गरेको छ’, केसीले भन्नुभयो । नगरपालिकाले एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको नगर प्रमुख केसीको भनाइ छ ।


आठविसकोट १३, भल्माका गोपालजंग मल्लले सिंगो घर पुरिएको अवस्थामा प्याकेजसहित पाएको राहतले खुशी दिलाएको बताउनुभयो । अब अस्थायी बासको व्यवस्था आवश्यक रहेको उहाँले सुनाउनुभयो । ‘अहिलेलाई अस्थायी बासको व्यवस्था भए हुन्थ्यो । पछि त सरकारले पुननिर्माण गर्ला’, उहाँले भन्नुभयो ।


जाजरकोट केन्द्रविन्दु भइ गएको भूकम्पले आठविसकोटमा ४२ जनाको मृत्यु भएको छ । ८० जना घाइते भएका छन् । ४ हजार २७५ घरमा पूर्ण क्षति भएको प्रारम्भिक तथ्याङ्क छ । २ हजार ३३७ घरमा आंशिक क्षति भएको छ । भुकम्पबाट १ हजार ७११ घरमा सामान्य क्षति भएको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist