✍️अजय क्षेत्री
पोखरामा अंग्रेजी नयाँ वर्ष २०२५ लाई स्वागत गर्न ‘द इण्ड गेम’ नामक विशेष कार्यक्रम डिसेम्बर ३१ (पुस १६) मा आयोजना हुने भएको छ। लेकसाइडस्थित बसुन्धरा पार्क/कोमागाने पार्कमा हुने यो कार्यक्रम नेपालको सबैभन्दा ठूलो सडक महोत्सवको मुख्य आकर्षण बन्ने विश्वास गरिएको छ।
‘द इण्ड गेम’ मा चर्चित कलाकारहरू सबिन राई एण्ड फेरोह, पूर्ण राई र दाजु–भाइहरू, ¥यापर डोङ, देवेन्द्र बब्लु एण्ड द फिरन्ती, र द इन्फ्लेम ब्यान्डले आफ्ना प्रस्तुतिहरू दिनेछन्। कार्यक्रम प्रचार नेपाल, स्पेक्स–१४, र आर्बिटरी इभेन्टसको सहकार्यमा आयोजना हुँदैछ।
रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले पुस १३ देखि १७ सम्म २६ औं संस्करणको पोखरा सडक महोत्सव आयोजना गर्दैछ। महोत्सवमा देश–विदेशका पर्यटकको ठूलो सहभागिता रहने अनुमान गरिएको छ।
कार्यक्रमको आकर्षणलाई थप मनोरञ्जनमय बनाउन चर्चित पोडकास्ट सञ्चालक सञ्जय सिलवाल गुप्ताले कार्यक्रम सञ्चालन गर्नेछन्। कन्सर्टको टिकट खल्ती डिजिटल वालेटमार्फत ७५० रुपैयाँमा अग्रिम खरिद गर्न सकिन्छ, भने कार्यक्रम स्थलमा टिकटको मूल्य १,००० रुपैयाँ तोकिएको छ।
नयाँ वर्षको स्वागतमा आतिसबाजी, खानाका विशेष परिकार, र विविध खेलकुद गतिविधिहरूले कार्यक्रममा थप रौनक ल्याउनेछन्। आयोजकका अनुसार यो कार्यक्रम संगीत र मनोरञ्जन प्रेमीहरूका लागि अविस्मरणीय अनुभव हुनेछ।