Saturday, January 18, 2025

आजको मिति: २०८१ माघ ५ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
पोखरा महोत्सवमा दर्शकको भीड
Next
Prev

पोखरामा मङ्सिर २३ देखि पर्वतीय महोत्सव: संस्कृति, साहसिक खेल र अन्तर्क्रिया मुख्य आकर्षण

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, पोखरामा मङ्सिर २३ गतेदेखि २७ गतेसम्म पाँचदिने पर्वतीय महोत्सव आयोजना हुने भएको छ। नेपाल पर्वतारोहण संघ र संग्रहालयको संयुक्त आयोजनामा हुने यस महोत्सवमा पर्वतीय सभ्यता, कला, संस्कृति र वातावरणीय विषयमा अन्तरक्रिया तथा साहसिक गतिविधिहरू सञ्चालन गरिनेछ।


महोत्सवको विशेष आकर्षणमा आर्चरी, छेलो, जिपलाइन, बोल्डरिङजस्ता साहसिक खेलहरू छन् भने संग्रहालयको सभाकक्षमा दैनिक विषयगत अन्तर्क्रिया हुनेछन्। संग्रहालय प्रवेश निःशुल्क गरिएको छ, जसले आम नागरिकलाई महोत्सव अवलोकनमा सहज बनाउने अपेक्षा गरिएको छ।


नेपाल पर्वतारोहण संघका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारका अनुसार महोत्सवले पर्वतीय सभ्यता, कला, संस्कृति र समस्याहरूका बारेमा जानकारी दिनेछ। यस महोत्सवका लागि करिब ३२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।


पर्वतीय पर्यटन, हिमाली संस्कृति, जलवायु परिवर्तन, तथा पर्वतारोहणका रोमाञ्चक पक्षहरूसँग सम्बन्धित विषयमा विज्ञ र अनुभवी व्यक्तिहरूबीच अन्तर्क्रिया र छलफल हुने महोत्सवका विभिन्न दिनका कार्यक्रम निर्धारण गरिएको छ।


संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यापानेका अनुसार महोत्सवले पर्वतीय क्षेत्रका बासिन्दाको आर्थिक स्तर सुधार गर्न सहयोग पुर्‍याउनुका साथै जैविक विविधता, प्राकृतिक स्रोत, र वातावरणीय महत्वबारे चेतना फैलाउनेछ। संग्रहालयले हरेक वर्ष दुई लाखभन्दा बढी आगन्तुकलाई आकर्षित गर्दै आएको छ।


महोत्सवमा करिब ५० हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ। आयोजकले महोत्सवलाई नेपालका हिमाली र पर्वतीय जीवनबारे बुझ्ने अवसरको रूपमा प्रवर्द्धन गरिरहेको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist