Thursday, December 12, 2024

आजको मिति: २०८१ मंसिर २७ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
पोखरामा ११ औं विश्व माटो दिवस मनाइयो
सम्झनामा मात्र डिल बहादुर गुरुङ !
Next
Prev

पोखरामा “राष्ट्रिय कर दिवस” भव्य रूपमा मनाइयो

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री


पोखराको आन्तरिक राजस्व कार्यालयले “कर प्रणालीको सार, लगानीको आधार” नाराका साथ १–७ मंसिरसम्म विभिन्न कार्यक्रम गरी राष्ट्रिय कर दिवस मनाएको छ। कर सप्‍ताहका अवसरमा हप्ताभर आयोजना भएका कार्यक्रमहरूको अन्तिम दिन शुक्रबार उत्कृष्ट करदातासहित विभिन्न व्यक्तिलाई सम्मान गरियो।


सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान


पोखरा लेकसाइडस्थित टेम्पल ट्री रिसोर्ट प्रालिलाई आ.व. २०७९/०८० मा १ करोड ९७ लाख ७३ हजार ७८७ रूपैयाँ राजस्व दाखिला गरेबापत आन्तरिक राजस्व कार्यालय पोखराले सम्मान गरेको छ। त्यस्तै, करदाता सेवा कार्यालय, स्याङ्जाअन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनी खिलुङ कालिका कन्स्ट्रक्सन प्रालि रहेको छ।


विद्यार्थी र कर्मचारीको सम्मान


कर सप्‍ताह अन्तर्गत मध्यमस्तरीय कर कार्यालय काठमाडौंले आयोजना गरेको खुला कविता प्रतियोगितामा गण्डकी बोर्डिङ स्कुल कक्षा ११ की छात्रा आत्मिका सुवेदी दोस्रो भई प्रमाणपत्र र नगद पुरस्कार प्राप्त गरिन्। त्यसैगरी, आन्तरिक राजस्व कार्यालय पोखराका नायब सुब्बा हरिश्चन्द्र पौडेल र करदाता सेवा कार्यालय पुतलीबजारका नायब सुब्बा देवश्री त्रिपाठीलाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरियो।


पोखराका करदाताको विवरण


आन्तरिक राजस्व कार्यालय पोखरामा आयकरमा ६८,१९६, मूल्य अभिवृद्धि करमा १२,४२४, र अन्तःशुल्कमा ४,५१४ करदाता दर्ता भएका छन्। व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या १,९०,३०९ छ भने विथहोल्डी स्थायी लेखा नम्बर लिने कार्यालयहरूको संख्या ५२५ रहेको छ।


मुख्य वक्ताहरूका धारणा


कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै कर दाखिला सहज हुने वातावरण बनाउन सरकारलाई आग्रह गरे। आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले सेवा प्रवाहलाई थप सहज बनाउँदै करको दायरा विस्तार गर्न प्रतिबद्धता व्यक्त गरे। साथै, उनले आर्थिक ऐन, २०८१ अन्तर्गत उपलब्ध छुट सुविधाहरू फागुन मसान्तभित्र उपयोग गर्न सबै करदातालाई अनुरोध गरे।


सप्ताहव्यापी कार्यक्रमहरू


सप्ताहको पहिलो दिन प्रभातफेरीसहित कार्यक्रम सुरु भएको थियो। दोस्रो दिन पहिलो सेवाग्राही यमबहादुर हमाललाई सम्मान गरियो। त्यसपछिका दिनहरूमा पोखरा चेम्बर अफ कमर्श, लेखनाथ उद्योग वाणिज्य संघ, र पोखरा उद्योग वाणिज्य संघसँग कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो। सहकारी संस्थाका व्यवस्थापकहरूसँग पनि अन्तरक्रिया गरियो।


कार्यक्रमको अन्य आकर्षणमा कर्मचारीहरूबीच ब्याडमिन्टन प्रतियोगिता, कर कानून तथा छुट सुविधा सम्बन्धी पुस्तिका वितरण, र माइकिङद्वारा जनचेतना फैलाउने कार्यहरू थिए।


आर्थिक ऐन, २०८१ अन्तर्गत स्थायी लेखा नम्बर लिने, आय विवरण बुझाउने, र मूल्य अभिवृद्धि कर तथा सोको ब्याज बुझाउने करदातालाई फागुन मसान्तसम्म छुट सुविधा प्रदान गरिने व्यवस्था गरिएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist