Wednesday, October 23, 2024

आजको मिति: २०८१ कार्तिक ७ ,बुधबार

  • समाचार
  • समाचार
  Latest
पोखराको ऐतिहासिक महेन्द्रपूल
Next
Prev

महानगर प्रमुख दाहाल र निक्षेप तथा कर्जा सुरक्षण कोषका कार्यकारी अधिकृत घिमिरेबीच छलफल

Share on facebook
Share on twitter
Share on linkedin

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र निक्षेप तथा कर्जा सुरक्षण कोषका कार्यकारी अधिकृत रमेश घिमिरेबीच छलफल भएको छ ।


महानगरका युवाहरुलाई लगानी गरी रोजगारी प्रदान गर्न महानगर र कोषबीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो।


भरतपुर महानगरपालिकाले दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जना गर्न विभिन्न कार्यक्रमको अवधाराणा अंगिकार गर्दै आइरहेकाले कोषको प्रस्तावमा सकारात्मक रहेको प्रमुख दाहालले बताउनुभयो ।


महानगरले अघि पनि स्वरोजगारी कार्यक्रममार्फत व्यवसाय गर्न चाहाने उद्यमीलाई ब्याज तिर्ने गरी कर्जा दिने गरेको थियो ।


कोषले सुरक्षण कार्यक्रममार्फत बैंक वित्तीय संस्थाले प्रवाह गरेको लघु तथा विपन्न वर्ग कर्जा, कृषि कर्जा, साना मझौला उद्यम कर्जा लगायतका अन्य विविध कर्जाहरुको सुरक्षण गर्दै आइरहेको अधिकृत घिमिरेले बताउनुभयो ।


सूचना प्रविधि तालिमका लागि बैंक तथा वित्तीय संस्थाबाट विनाधितो अधिकतम् रु ५ लाखसम्मको कर्जा ३ वर्ष अवधिको लागि प्रशिक्षार्थीले प्राप्त गर्नेछन् । उक्त कर्जाको सुरक्षण निक्षेप तथा कर्जा सुरक्षण कोषले गर्नेछ ।


कर्जाको पहिलो वर्षको व्याज र कर्जा सुरक्षण शुल्कमा महानगरको अनुदान रहने प्रस्तावनामा उल्लेख छ । अनुदान प्रयोजनका लागि महानगरले आफ्नो क्षेत्रभित्रका प्रशिक्षार्थीमा प्रवाहित कर्जाको २५ प्रतिशत रकम सुरक्षण कोषको रुपमा निक्षेप तथा कर्जा सुरक्षण कोषमा राख्नुपर्ने व्यवस्था छ ।


सुरक्षण कोषको स्वामित्व महानगरमा नै रहने र कोषको सुरक्षण दायित्व समाप्त भए पश्चात बाँकी रकम महानगरमा नै फिर्ता हुने गरी कार्यक्रममा प्रस्तावित गरिएको छ ।


स्वदेशी बसाई विदेशी कमाई, बैंकको लागनी सरकारी जमानी मुल नारा सहित सूचना प्रविधिसँग सम्बन्धित स्थानीय तथा अनलाइन रोजगारी बजारमा उपलब्ध रोजगारीका लागि शिक्षित युवाहरुलाई आवश्यक सीप विकास गराउने उदेश्य कार्यक्रमले राखेको संस्थाले जनाएको छ ।


प्रस्तावित कार्यक्रमबाट तालीमका लागि बैंक तथा वित्तीय संस्थाबाट प्रशिक्षार्थीले सहज र सहुलियतपूर्ण कर्जा प्राप्त गर्नेछन् । तालीम पश्चात रोजगारीको सुनिश्चितता हुने र उक्त रोजगारीबाट नेपालको युवा जनशक्ति पलायन रोकिने, विदेशी मुद्रा आर्जन हुने अपेक्षा राखिएको छ ।


कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेल र कोषका कर्मचारीको उपस्थिति रहेको थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist