Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

सिद्धवराह मन्दिरको प्राङ्गणमा १०८ फूट अग्लो हनुमानको मूर्ति निर्माणार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको हुने

Share on facebook
Share on twitter
Share on linkedin

✍️ सरिता तामाङ
सिद्धवराह तपोवन संन्यास आश्रममा यही वैशाख १७ गतेबाट २३ गते सम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पोखरा महानगर पालिका वडा नम्बर २३ मा रहेको सिद्धवराह मन्दिरको प्राङ्गणमा निर्माणाधिन १०८ फूट अग्लो हनुमानको मूर्ति सु(सम्पन्न लागि महायज्ञको आयोजना गर्न लागेको आज पत्रकार सम्मेलन गरि महायज्ञ आयोजक समितिले जनाएको छ ।


हनुमानको मूर्ति स्थापनाले धार्मिक पर्यटकहरुको प्रबर्द्धन मार्फत यस क्षेत्रको सर्वाङ्गिण विकासको लक्ष्य राखेको तपोवन सन्यास आश्रमका उपाध्यक्ष भेषराज पराजुली बताए । आश्रमका महासचिव हरिलाल पौडेलले २०७५ सालमा महायज्ञ गरि १८ लाख रुपैयाँ आम्दानी हुदाँ ८ लाख खर्च भएको बताए ।


बचतबाट संस्कृत पाठशाला र जेष्ठ नागरिक मिलन केन्द्र सन्चालन गरेको र भौतिक संरचना निर्माण गरेको बताए । मुल आयोजक समितिको संयोजक तथा श्री सिद्ध बराह मातृशक्तीका अध्यक्ष सुर्य देवि कुवरले पोखरा भित्रकै र पोखराको शहरी क्षेत्रबाट केही पर भएर पनि विकट बनेको यस क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रका रूपमा प्रचारप्रसार गर्न सन्चारमाध्यमहरुलाई अनुरोध गरिन ।


प्रचारप्रसार समितिको संयोजक सुर्य प्रसाद भण्डारीले विभिन्न विभिन्न ऋषि( मुनिहरुको तपोभूमि, ज्ञानभूमि पवित्र तीर्थस्थल तथा धार्मिक क्षेत्रलाई धार्मिक पर्यटकिय गन्तव्यका रुपमा बिकास गर्न महायज्ञको महत्त्वपूर्ण भुमिका हुने अपेक्षा लिएको बताए ।


१०८ फुट अग्लो हनुमानको मुर्ति स्थापनाको डिपिआर सम्पन्न गर्दा झन्डै ८०र८५ लाख खर्च भइसकेको र सम्पन्न गर्न ६ करोड लाग्ने अनुमान गरिएको आश्रमका उपाध्यक्ष पराजुलीले बताए ।


मिति २०८० वैशाख १७ गते बाट सुरुहुने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ विहान ७ बजे कलश यात्राबाट सुरु हुने छ । नित्य पूजा तथा पाठ पारायण विहान ७ बजेदेखि १० बजेसम्म कथा बाचन ११ बजेदेखि ५ बजेसम्म र सन्ध्या कालीन भागवत महात्म्य तथा अजन कीर्तन साँझ ७ बजेदेखि ९ बजेसम्म हुने छ । कथा वाचनमा महाराजश्रीका कृपापात्र कथा वाचक भागवत परिकर श्री नारायण प्रसाद देवकोटा ज्यूका मुखार विन्दुबाट हुने छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist