✍️ अजय क्षेत्री
म्याग्दे गाउँपालिका २ जामुनेमा न्यु भिजन युवा क्लवको आयोजनामा १२औ खुल्ला तीज गीत प्रतियोगीता हुने भएको छ ।
कार्यक्रममा चर्चित गायिकाको भुमिकामा गिरीको पनि प्रस्तुति रहने भएको छ । कार्यक्रम भदौ को २१ र २२मा हुने छ ।
पछिल्लो समय गायिका गिरीको गितहरु बजारमा धेरै रुचाइएका छन । भने दर्शक को माया पनि स्टेज सो कार्यक्रम मा तेस्तै पाउने गर्छिन ।
उनी केहि दिन अघि मात्र युएई मा गएर आफ्नो प्रस्तुति राखेर आएकि थिईन ।
कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको क्लवका अध्यक्ष राजिव श्रेष्ठले जानकारी दिए ।